Rule 44
कार्य सम्पादनको मूल्याङ्कन
: (१) सशस्त्र प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कनका लागि प्रयोग गरिने कार्य सम्पादन मूल्याङ्कन फाराम अनुसूची – ७ बमोजिम हुनेछ ।
(२) सशस्त्र प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ :–
(क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम – बीस अङ्क
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम – दस अङ्क
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम – दस अङ्क
(३) कार्य सम्पादन मूल्याङ्कन फाराम भर्दा र मूल्याङ्कन गर्दा अनुसूची–८ मा उल्लिखित निर्देशिका अनुरुप गर्नु पर्नेछ ।
(४) सशस्त्र प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्न अनुसूची–९ मा उल्लेख भए बमोजिमको सुपरिवेक्षक, पुनरावलोकनकर्ता तथा पुनरावलोकन समिति रहनेछ ।
(५) सुपरिवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कार्य सम्पादन मूल्याङ्कन बापत अङ्क दिँदा कार्य सम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधार अनुरूप दिनु पर्नेछ ।
(६) सशस्त्र प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन आर्थिक वर्षका हिसाबले वार्षिक रूपमा गर्नु पर्नेछ ।
(७) कार्य सम्पादन मूल्याङ्कन बापत सुपरिवेक्षकले नब्बे प्रतिशत भन्दा बढी वा साठी प्रतिशत भन्दा कम अङ्क प्रदान गरेकोमा सो को स्पष्ट कारण खुलाउनु पर्नेछ ।
(८) सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले गरेको कार्य सम्पादन मूल्याङ्कनमा चित्त नबुझेमा पुनरावलोकन समितिले सोको स्पष्ट कारण खुलाई पुन मूल्याङ्कन गर्न सम्बन्धित मूल्याङ्कनकर्ता समक्ष फिर्ता पठाउन सक्नेछ । त्यसरी फिर्ता पठाइएकोमा सम्बन्धित मूल्याङ्कनकर्ताले पुन मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कन संशोधन गर्न आवश्यक नभए सोको उचित कारण खुलाई पठाउनु पर्नेछ ।
(९) संयुक्त राष्ट्र संघको सेवाको लागि मिशनमा गएको अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनको लागि त्यस्तो मिशनमा खटिएको सशस्त्र प्रहरी कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराम भरी उक्त मिशनमा रहेका निज भन्दा माथिल्लो तहका सशस्त्र प्रहरी कर्मचारी समक्ष पेश गर्नु पर्नेछ । यसरी पेश भएको कार्यसम्पादन मूल्याङ्कन फाराममा सो मिशनमा रहेका सम्बन्धित मूल्याङ्कनकर्ताले मूल्याङ्कन गरी थप मूल्याङ्कनको लागि प्रधान कार्यालयमा पठाउनु पर्नेछ ।
तर त्यस्तो मिशनमा खटिएको सशस्त्र प्रहरीको जेष्ठ कमाण्डरको हकमा निजले आफ्नो कार्यसम्पादन मूल्याङ्कन फाराम भरी प्रधान कार्यालयमा पठाउनु पर्नेछ र निजको कार्यसम्पादन मूल्याङ्कन उपनियम (४) बमोजिमका मूल्याङ्कनकर्ताबाट गर्नु पर्नेछ ।
(१०) कार्य सम्पादन मूल्याङ्कनको प्रयोजनको निमित्त अङ्क गणना गर्दा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ ।
(११) अध्ययन, तालीम वा निलम्बनमा रहेको सशस्त्र प्रहरी कर्मचारीको सो अवधिको कार्यसम्पादन मूल्याङ्कन बापत अङ्क गणना गर्दा त्यस्तो अध्ययन, तालीम वा निलम्बन रहनुभन्दा तत्काल अघिको वर्षमा जति अङ्क पाएको छ सोही अनुपातमा गणना गरिनेछ ।
(१२) सशस्त्र प्रहरी कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फाराम भरी देहाय बमोजिम पेश गुर्न पर्नेछ :–
(क) सम्बन्धित कर्मचारीले कार्यसम्पादन मूल्याङ्कन फाराम भरी प्रत्येक आर्थिक वर्षको श्रावण ७ गते भित्र सुपरिवेक्षक समक्ष,
(ख) सुपरिवेक्षकले मूल्याङ्कन गरी श्रावण १५ गते भित्र पुनरावलोकनकर्ता समक्ष,
(ग) पुनरावलोकनकर्ताले मूल्याङ्कन गरी श्रावण मसान्त भित्र पुनरावलोकन समिति समक्ष,
(घ) पुनरावलोकन समितिले भाद्र १५ गते भित्र मूल्याङ्कन गरी सिलबन्दी फाराम सम्बन्धित कार्यालय समक्ष,
(ङ) सशस्त्र प्रहरी नायब महानिरीक्षक र सो भन्दा तल्लो तहका अधिकृत तथा अन्य दर्जाहरूका सशस्त्र प्रहरी कर्मचारीहरूको मूल्याङ्कन फाराम सम्बन्धित कार्यालय प्रमुखले भाद्र २५ गते भित्र प्रधान कार्यालय समक्ष,
(च) प्रधान कार्यालयले सशस्त्र प्रहरी निरीक्षक वा सो भन्दा माथिका सशस्त्र प्रहरी अधिकृतहरुको एक प्रति कार्यसम्पादन मूल्याङ्कन फाराम भाद्र मसान्त भित्र मन्त्रालय समक्ष ।